Wednesday, February 12, 2025
मौसमआज यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

कोशी र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस