मौसमबुधबार देशका केही पहाडी भेगहरूमा वर्षा हुने

बुधबार देशका केही पहाडी भेगहरूमा वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका पहाडी भूभागहरूमा आंशिकदेखि साधारणतया बदली रही वर्षा हुने भएको छ। महाशाखाले जारी गरेको विज्ञप्तिमा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने जनाइएको छ।

यस्तै देशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई ठाउँहरूमा हल्का हिमपात हुने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अर्कोतर्फ, बुधबार राति देशभरको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ। तर, कोशी र गण्डकी प्रदेशका पहाडी भेगहरूमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img