देशआजको मौसम, पूर्वमा नेपालमा न्यून चापीय प्रणालीको प्रभाव

आजको मौसम, पूर्वमा नेपालमा न्यून चापीय प्रणालीको प्रभाव

काठमाडौं :आजको मौसम देशका पहाडी भूभागहरूमा आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बाँकी भू–भागकाे मौसम आज सामान्यतया सफा रहने माैसमविद्ले जानकारी दिएका छन् । प्रदेश -१, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहेर पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू–भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तिर्थ तिम्सिनाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img