ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको यो साता कस्तो रहनेछ ?माघ ९ गते देखी माघ १५ सम्म निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् साप्ताहिक राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै विभिन्न अवसर हात पार्न सकिनेछ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। घरेलु समस्याले पनि अलमल्याउन सक्छ। आम्दानीको स्रोत समेत कमजोर हुने समय छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रारम्भमा केही व्यवधान देखिए पनि बुद्धिले समस्या सुल्झाउन सकिनेछ। अध्ययनमा त्यति समय दिन नसकिए पनि रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। बीचमा गोपनीयता बाहिरिनाले केही समस्यामा परिएला। खर्च लागे पनि भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। व्यावसायिक यात्राको योग छ। मिहिनेतले नाम, दाम र इनाम कमाउन सकिनेछ। सप्ताहान्तमा स्वास्थ्य चिन्ताले सताउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। स्वास्थ्य कमजोर हुनाले अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगीका रूपमा देखा पर्नेछन्। आँटले नयाँ काम प्रारम्भ हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा केही चुनौती देखिए पनि मिहिनेतले हिम्मत दिलाउनेछ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। मंगलवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। प्रयत्न गर्दा आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ। कामको सिलसिलामा प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुन सक्छ। अध्ययनमा भने त्यति समय दिन नसकिएला। पेटको मौसमी गडबडीले सताउन सक्छ। शुभचिन्तकहरू टाढा हुनाले पनि दु:ख पाइनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा केही अवसर आउनेछन्। तर, धेरै बोल्ने बानीले विवाद निम्त्याउनेछ। हतारको निर्णयले समस्या निम्त्याउन सक्छ। हिम्मत गर्दा व्यावहारिक चुनौती पन्छाउन सफल भइनेछ। मंगलवारदेखि दीर्घकालीन योजनाहरू बन्नेछन्। व्यापारमा आम्दानी बढ्नेछ। बिहीवारपछिकाे समय केही संघर्षमय रहनेछ। आत्मसम्मानका लागि मौन रहनु बेस होला। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भ रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। खानपान र पहिरनको सोखले खर्च भने बढाउन सक्छ। मंगलवारदेखि चिताएको काम रोकिनाले आर्थिक पक्ष कमजोर बन्नेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। याेजना गाेप्य राखेर अघि बढ्नुहाेला, मिहिनेतले काम बनाउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर समस्या पर्दा आफन्तकाे सहयाेग नजुट्न सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। परिस्थितिले केही थकित तुल्याए पनि मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। नयाँ काम गर्ने अवसर जुट्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। स्राेत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बीचमा भने विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। आफ्नै सहयाेगीले काममा अवरोध सिर्जना गर्न सक्छन्। आलोचकहरूले सताए पनि सप्ताहान्त फलदायी रहनेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र राम्रै आम्दानी हातलागी हुनेछ। तापनि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव खट्किनेछ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। बिहीवारदेखि आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ। मिहिनेत गर्दा अभीष्ट पूरा हुन सक्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा आलाेचकहरूबाट जाेगिनुहाेला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित काम गरेर स्थापित हुने समय छ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई निकै प्रगति हुनेछ। पदासीन व्यक्तिसँग निकटता बढ्नेछ। दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्य धन संग्रह हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। बिहीवार र शुक्रवार भने फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। लाभांश बाहिरिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा रमाइलाे भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कडा परिश्रम गर्नुपरे पनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। आध्यात्मिक ज्ञानले मानसिक सुख प्राप्त हुनेछ। सुरुमा विवादास्पद काम गर्नुपरे पनि बीचमा लोकप्रियता हासिल गर्न सकिनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ। सप्ताहान्तमा अधिक खर्च हुने र काम राेकिने सम्भावना छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। कर्मयोगबाट लक्ष्य र धन प्राप्त गर्न सफल भइनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मंगलवारदेखि भने केही समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ।



