देशकोशी प्रदेशजिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा बिहीबार भएकाे जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट खस्दा दुई जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा झापाको मेचीनगर नगरपालिका-४ का ५५ वर्षीय रमेश थापा र सोही स्थानका ४० वर्षीय सूर्यबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

रोङ गाउँपालिका- ४ पहिरोमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । दुर्घटनामा मेचीनगर नगरपालिका- ४ का ३३ वर्षीय चालक अर्जुन कोइराला घाइते भएका छन् । उनको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img