सुनसरी / हिजो राति मोरङको बेलवारी नगरपालिका-९ डाँगा बजारमा बस्ने ३५ बर्षीय जय बहादुर खत्रीलाई आफ्नै बुबाको ह’त्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बुबासँग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिशको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलय बेलवारीले जनाएको छ ।
हत्याको आरोपमा पक्राउ परेका खत्रीलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



