अन्तर्वार्ताअमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण, जहाज आएपछि सामाजिक सञ्जालमा तरङ्ग!

अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण, जहाज आएपछि सामाजिक सञ्जालमा तरङ्ग!

काठमाडौं ।

अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी कूटनीतिज्ञलाई लिएर शुक्रबार बिहान एयर फोर्स काठमाडौं आएको जनाइएको छ ।

‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ। विमानस्थलका अनुसार शुक्रबार बिहान सवा नौ बजे काठमाडौं आएको थियो।

के अमेरिकी सेना नेपाल आएर बस्छ ?

कतिपयले हल्ला गरिरहेका छन्– लिपुलेकमा भारतीय सेनाजस्तै अमेरिकाले अमेरिकी सेना ल्याएर राख्छ ।

यो सबैभन्दा हावादारी कुरा हो । सम्झौतामा कहीँ कतै अमेरिकी सेना नेपाल आएर बस्ने कुरा उल्लेख छैन । नेपालले एमसीसी नेपालको स्थापना गरिसकेको छ । यसको अर्थ हो, परियोजनाको कार्यान्वयन नेपालले नै गर्छ ।

कतिपयले एमसीसी लागू भए मुलुक इराक र सिरियाजस्तै हुने अफवाह फैलाइरहेका छन् । यो कुतर्क हो । इराक र सिरियामा अमेरिकाको सामरिक महत्त्व छ, उनीहरूबीच सैन्य सम्झौता छ, एमसीसी सैन्य सम्झौता होइन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img