जकार्ता|
इन्डोनेसियाको एक इस्लामिक बोर्डिङ स्कुलमा १३ किशोरीलाई बला’त्’कार गर्ने एक शिक्षकलाई मृ’त्युद’ण्डको सजाय सुनाइएको छ । हेरी विरावनले १२ देखि १६ वर्षका उमेरका १३ जना छात्राहरूसँग यौ’नसम्पर्क गरेका थिए । पीडितमध्ये नौ जनाले आफूहरू गर्भवती भएको बताएका थिए ।
फेब्रुवरीमा विरावनलाई एक अदालतले ज’न्मकैदको सजाय सुनाएको थियो । तर, सो फैसलाप्रति असन्तुष्ट अभियोजकहरूले मृ’त्युद’ण्डको माग गर्दै पुनः उजुरी गरेका थिए ।
‘हामी प्रतिवादीलाई मृ’त्युद’ण्डको सजाय दिन्छौँ,’ बान्डुङ्ग उच्च अदालतको वेबसाइटमा सोमबार पोस्ट गरिएको एउटा विज्ञप्तिमा न्यायाधीशले भनेका छन् ।



