देशगण्डकी प्रदेशसडक स्तरोन्नतिका लागि बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द हुने !

सडक स्तरोन्नतिका लागि बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द हुने !

यात्राको लागि बैकल्पिक सडक प्रयोग गर्न सकिने !

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आज (शनिबार) देखी दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ ।

मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन २०७९ बैशाख २५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मालढुङ्गा–बेनी सडकमा यातायात बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।

बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुदै मालढुङ्गा जोड्ने बैकल्पिक सडक प्रयोग गर्न सकिनेछ् । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा बिकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजिकरण गरिने जनाईएको छ । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img