इटहरी / भोलि इटहरीमा चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपि शर्मा आउने भएका छन् ।
यहीँ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरू अहिले आउने विभिन्न ठाउँमा अभियान चलिरहेको छ । भोली केपि शर्मा ओली साथि पेट्रोलपम्प दक्षिण पुर्वमा हुने कार्यक्रममा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । भोलि साढे १० बजेदेखि कार्यक्रम सञ्चालन हुने नेकपा एमाले इटहरीले जनाएको छ ।
सभामा अध्यक्ष केपी ओलीसँगै एमालेका केन्द्र , प्रदेश र जिल्ला स्तरका प्रभावकारी नेताहरूको समेत उपस्थिति रहने जनाएको छ । सभामा सुनसरी जिल्लाको इटहरीभरबाट २५ हजार बढीको सहभागीता गराउने नेकपा एमाले इटहरीले लक्ष्य राखेको छ ।



