इटहरी / नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिका-२ को वडामा घरदैलो कार्यक्रम निरन्तर जारी रहेको छ ।
इटहरी २ को वडा अध्यक्षको उम्मेदवारमा राजु बस्नेतको उम्मेदवारी रहेको छ । खुल्ला सदस्य पदमा रमेश कुमार अधिकारी , खुल्ला सदस्य स्वतन्त्र पदमा शंकर राई, खुल्ला महिला सदस्य लिला राई र दलित महिला सदस्य पदमा दुर्गा देवि विश्वकर्माको उम्मेदवारी दिएका छन् ।
नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिका-२ को स्थानीय तह निर्वाचनको केही प्रतिवद्धता निर्माण क्षेत्रमा वडा भित्रका सम्पूर्ण बाटोहरूलाई ढल निकासको व्यवस्थासहित कालोपत्रे गरिनेछ । बाढीबाट पीडित वडाबासीको संरक्षणका लागि आवश्यक स्थानमा तटबन्ध निर्माणका लागि नगर र प्रदेशसँग पहल गर्ने निर्माण क्षेत्रमा संकल्प पत्र घोषणा गरेको छ ।
सामाजिक सुरक्षा भत्ता तथा जेष्ठ नागरिक लाई अशक्त जेष्ठ नागरिक , एकल महिला अपाङ्ग र शारीरिक दुर्वलता भएका वडा वासीहरूको सामाजिक सुरक्षा भत्ता घर दैलो सम्म पुर्याउन बैंकसँग समन्वय गर्ने घोषणा पत्र नेपाली काङ्ग्रेसको रहेको छ ।
त्यसैगरी , निर्माण क्षेत्र , युवा रोजगार तथा खेलकुद , धार्मिक तथा पर्यटकीय स्थल , सामाजिक सुरक्षा भत्ता तथा जेष्ठ नागरिक , शान्ति सुरक्षा व्यवस्था , कृषि तथा पशुपंक्षी , दैवीक प्रकोप व्यवस्थापन , व्यवस्थित बसोबास , स्वास्थ्य क्षेत्र , शिक्षा क्षेत्र , महिला तथा बालबालिका , सामाजिक संघ संस्था र सडक बत्ती तथा खानेपानी क्षेत्रमा नेपाली काङ्ग्रेसले प्रतीवद्धता पत्र अर्थात् संकल्प पत्र रहेको छ ।