राजनीतिसबैलाई सकिँदैन, ५/६ जनालाई फ्री भिसामा मलेसिया पठाइदिन्छु: आरजु राणा

सबैलाई सकिँदैन, ५/६ जनालाई फ्री भिसामा मलेसिया पठाइदिन्छु: आरजु राणा

spot_img

काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पछिल्लो समय एकपछि अर्को अभिव्यक्तिका कारण विवादमा परिरहेकी छन् । बिहीबार गृहजिल्ला डडेल्धुरा पुगेर नेपाली कांग्रेसले नजित्ने पालिकालाई पैसा नदिने बताएकी उनले शुक्रबार कैलालीमा अर्को विवादित भाषण गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणाले धनगढीमा चुनावी सभालाई सम्बोधनका क्रममा त्यहाँका स्थानीयलाई फ्री भिसा र फ्री टिकटमा मलेसिया पठाइदिने आश्वासन दिएकी छन् । ‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो ।

यो क्षेत्रलाई हामी विशेष ध्यान दिन्छौँ, तपाईंहरुले कांग्रेसलाई जिताउनुहोस् उनले भनिन्, हामी सबैलाई गर्न सक्दैनौँ । तर, यो ठाउँमा दुख पाएकाहरु केहीलाई पढाउने छु । मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री भिसा र टिकट मिलाउनेछु । हामी त्यस्ता ५(६ जनालाई मलेसिया पठाउँछौ। तर सबैलाई लान सकिन्न, नसके यहीँ रोजगारी दिन कोसिस गर्छौँ ।’

सम्बोधनका क्रममा राणाले २०७४ मा प्रतिनिधि सभा सदस्यमा पराजित भए पनि आफूलाई कुनै फरक नपर्ने बताइन् । आफूलाई हराएका एमाले सांसद नारदमुनि रानाले केही काम गर्न नसकेको पनि उनले आरोप लगाइन् ।

उनले कांग्रेसकै पहलमा धनगढीको विकास भएको जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img