देशबागमती प्रदेशमकवानपुरगढी गाउपालिका लाई १० बर्ष भित्र नगरपालिकाको तहमा पुर्याउछौ : बिदुर...

मकवानपुरगढी गाउपालिका लाई १० बर्ष भित्र नगरपालिकाको तहमा पुर्याउछौ : बिदुर हुमागाईं

मकावानापुर | नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरगढी गाउपालिका कमिटीले आयोजना गरेको पालिका स्तरीय चुनाबी सभा दुम्रेकुनामा सम्पन्न भएको छ ।

सभामा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण प्रसाद दाहाल, प्रदेश कमीट का सदस्यहरु, पार्टी जिल्ला कमीटी का सदस्यहरु र पार्टीका कार्याकर्ता तथा आमा समुदायको बाक्लै उपस्थित् थियो ।

सभा सबोधान गर्दै २०७४ सामला प्रतिबद्धता गरेको मध्ये ७५ प्रतिसत काम पुरा गरेको जानकारी दिदै र अब अर्को ५ वर्षमा मकवानपुरगढी गाउपालिका लाई देश भरका नमुना स्थानिय तह मध्य १० नम्बर भित्र पार्ने गरी योजना गरायको अध्क्षय उमेदवार हुमागाईं बताए । उनले गाउपालिका भित्र ५०० देखी ८०० सम्म लाई रोजगार दिने पनि प्रतिबद्धता गरेका छन् ।

बितेको पाँच वर्षमा बाटो घाटो, पुल पुलेसाका काम उल्लेख्य रुपमा गरिएको भन्दै एउटै पुल नभएको गाउँपालिकाको मध्य भागमा रहेको सामरी खोला तथा अन्य खोलाहरुमा साना–ठुला गरि करिब एक दर्जन पुल निर्माण भैसकेको भन्दै हुमागाईले आगामी ४–५ वटा पुलहरु निर्माणका चरणमा रहेको बताए । उनले कृषि उत्पादनतर्फ दूध, अनाजमा अनुदानको व्यवस्था गरिएकोमा आगामी वर्ष त्यसलाई दोब्बर वृद्धि गरिने बताए ।

उनले १० बर्ष भित्र गाउपालिका नगरपालिकाको तहमा पुर्याउन ५ बर्ष भित्र आधार तयार गर्ने पर्तिबद्ध समेत व्यक्त गरेका छन् । हुमागाईं यस अघि पनि एमालेबाट निर्वाचित गाउपालिका अध्यक्ष थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img