काठमाडौं: त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कुनैपनि निकायमा आइतबार विदा नहुने भएको छ ।
विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले जेठ १ गते आइतबार एक सूचना प्रकाशित गर्दै विश्वविद्यालयका कुनैपनि निकायमा आइतबार विदा नहुने जानकारी दिएको हो ।
विश्वविद्यालयले जारी गरेको विज्ञप्ति अनुसार शैक्षिक पात्रो पहिले नै ढिलो भइसकेको र दुई दिन विदा दिँदा झनै धकेलिने भन्दै विदा नहुने जनाएको छ । त्यसैगरी स्वास्थ्य सेवा दिने शिक्षण अस्पतालहरुमा पनि असर गर्ने भएको कारण दुई दिन विदा दिन नसकिने भन्दै विदा दिन अस्वीकार गरेको हो ।



