सुनसरी / इटहरी उपमहानगरपालिका वडा नम्बर-३ को वडाध्यक्षमा ९६८ मत ल्याएर नेकपा एमालेका उमेश सुवेदी प्यानलसहित विजयी भएका छन् । शिक्षण छाडेर राजनीतिमा होमिएका सुवेदीले लोकप्रिय मत ल्याइरहँदा निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार तुला लिम्बुले ८६१ मत पाए ।
लिम्बु काँग्रेसबाट टिकट नपाएपछि बागी उठेका हुन् । विष्टले दोस्रो पटक पनि वडाध्यक्षको टिकटमा दावी गरेपछि स्थानीय स्तरमा लोकप्रिय लिम्बु स्वतन्त्र उठेका थिए ।
निःवर्तमान वडाध्यक्ष बालकृष्ण विष्ट ७३६ भोट ल्याएर तेस्रो बने ।
यता, खुल्ला वडा सदस्यमा ११४९ मत ल्याएर टिकाराम तामाङ र ११८१ मत ल्याएर दिपेन्द्र लिम्बु विजयी भएका छन् । उनिहरु दुवै नेकपा एमालेका उम्मेदवार हुन् । यता महिला सदस्यमा पनि एमालेकै पवित्रा कोइराला १२०० र दलित महिला सदस्यमा मिना रसाइली ११८३ मत ल्याएर विजयी भएका छन् ।



