निर्वाचनबालेनले फेरी बढाए मतान्तर

बालेनले फेरी बढाए मतान्तर

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार साहले १८ हजार २६ मत प्राप्त गरेका हुन् । उनलाई पछ्याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३१९ मत ल्याएर दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ३७२ मत प्राप्त गरेकी छिन् । राप्रपाका मदनदास श्रेष्ठले ८०९ मत ल्याएका छन् ।

काठमाडौं महानगरको वडा नम्बर २८ को मतगणना जारी छ । यो एमालेका मेयर उम्मेदवार केशव स्थापितको वडा पनि हो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img