निर्वाचनयस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परीणाम

यस्तो छ काठमाडौं महानगरको पछिल्लो मत परीणाम

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर निकै चर्चामा छ । देशको राजधानी र बालेनको उम्मेदवारीले सबैको ध्यान काठमाडौं महानागरमै छ ।

काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ अरु उम्मेदवार भन्दा निकै अगाडी छन् ।

पछिल्लो मतपरिणामअनुसार शाहले २१ हजार ६२२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ११ हजार ३६ मत मात्र पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले १० हजार २६७ मत पाएकी छन् ।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले १८ हजार ४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ हजार ८०० मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img