कास्की- पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।
६४ हजार ११ मत गन्दा आचार्यले २६ हजार ४११ मत ल्याएर अग्रता बढाउँदै लगेका छन्। उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले २३ हजार २४५ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै राप्रपाका शंकर खरालले २ हजार ७०३ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले १ हजार ५७७ मत ल्याएर चुनावी प्रतिस्पर्धामा छन्।
यसैगरी, उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दिएकी कोपिला रानाभाटले २६ हजार ६४४ मत ल्याएर अग्रता लिइरहेकी छन्। उनलाई २६ हजार ५७८ मत ल्याएर एमालेकी मन्जु गुरुङले पछ्याइरहेकी छन्। राप्रपाकी रन्जना सेनले २ हजार ५०८ मत ल्याएकी छन्।



