निर्वाचननिर्वाचित हुन नपाउदै मनोमानी गर्न थालेको आरोप !

निर्वाचित हुन नपाउदै मनोमानी गर्न थालेको आरोप !

मकवानपुर : मकवानपुर जिल्लाको समग्रमा स्थानी तह निर्वाचनको मत परीणाम सार्बजनिक भैसकेको छ ।

मकवानपुरगढी गाउपालिका वाड नम्बर ६ मा गठबन्धन बाट उम्मेदवारी दिएका कृष्ण बजगाईं निर्बाचित भएका छन् । निर्वाचित हुन नपाउदै उनलाई मनोमानी गरेको आरोप लागेको थियो सुरुमा उनि संग समपर्क हुन नसक्दा हाम्रा सहकर्मीले जनगुनासो सिधै एक पक्ष रुपमा पस्किएकाले केही विवाद हुन पुगेको थियो ।

उनि संग सम्पर्क भएपछी
बिजय र्यालीमा ब्यस्त भएका कारण सम्पर्क नभएक हुन सक्ने उनको भनाई थियो । निवर्तमान अध्क्षयले प्रयोग गरेको कुर्ची समेत प्रयोग नगर्ने उनको अडान रहेको स्थानीय बासिन्दाहरुले आरोप लागाए पनि उनले त्यस्तो कुरा नै नगरेको बताएका छन् । उनले भने “मलाई गाउपालिकाले जाहा बस भन्छ मा त्यही बस्न तयार छु, मैले भन्दै नभनेको कुरा फैलिएछ ।”

नया वाड कार्यालाय भवनको लागि स्थानीय बासिन्दा कृष्ण प्रसाद सुबेदीले जागा दानामा दिएका थिय र छेउमै भएको रुखमा चौतारी गराएर शिलालेख राख्ने उनले भेनिरहेका थिय । दान दिएको भन्दा बाहिरको रुख पनि हुमागाईको निर्देशनमा अनुमति बिनै काटेको जग्गाधनिले आरोप लगाएका थिए । यस बिषयमा प्रश्न गर्दा उनले पदभार नगरी कसरी मैले निर्देशन दिन सक्छु भने ।

गाउपालिका घाटामा हुदा किन आफ्नै भवन प्रयोग नगरी भाडामा खर्च गर्नु भन्ने उनको भनाई थियो । उनले यो विपक्षीको झुटो आरोप भएको बताए ।

(पुनःसम्पादन गरिएको । )

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img