सुनसरी / इटहरी उपमहानगरपालिका वडा नं.४, ५, ७, १२ र १६ नम्बर वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी ४ नम्बर वडामा नेकपा एमालेका भक्त लामाले २,३७२ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विक्रमबाबु थापाले २,०४६ मत प्राप्त गरेका हुन् ।
यस्तै, महिला सदस्यमा लक्ष्मी चापागाईँ, दलित महिला सदस्यमा दिलु बराइली, खुल्ला सदस्यमा अमृतबहादुर बस्नेत र विश्वेस्वरप्रसाद शर्मा निर्वाचित भएका हुन् ।
इटहरी वडा नम्बर ५ का नेकपा एमालेका भीष्मकुमार घिमिरेले ३,०१९ मत प्राप्त गर्दै प्यानलै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जीवन न्यौपानेले २,८१३ मत प्राप्त गरे ।
यस्तै, महिला सदस्यमा धनमाया थापा, दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा, खुल्ला सदस्यमा गोपाल गिरी र थामबहादुर खड्का विजयी भएका छन् ।
इटहरी ७ मा पनि नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेका देवनारायण चौधरीले १,३१५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हेमा चौधरीले ९४७ मत प्राप्त गरे । यता,महिला सदस्यमा राधा आचार्य, दलित महिला सदस्यमा ललिता कुमारी मुसहर, खुल्ला सदस्यमा नेत्रप्रसाद गुरागाईँ र दीपक घिमिरे निर्वाचित भएका छन् ।
उता, इटहरी वडा नम्बर १२ मा एमालेका भुवनराज पोखरेलले ८२६ मत प्राप्त गर्दै एमालेका प्यानलै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हेमानन्द दाहालले ५७६ मत प्राप्त गरे । यता,महिला सदस्यमा विन्दा केसी, दलित महिला सदस्यमा विमलीकुमारी सरदार, खुल्ला सदस्यमा सन्यासकुमार साह र सञ्जयकुमार मिश्र निर्वाचित भएका छन् ।
यस्तै, इटहरी १६ मा पनि एमालेका तेजनारायण चौधरीले २,३३३ मत प्राप्त गर्दै एमालेका प्यानलै निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका दीपनारायण चौधरीले १,४३२ मत प्राप्त गरे । महिला सदस्यमा खीना खतिवडा, दलित महिला सदस्यमा धनमाया विश्वकर्मा, खुल्ला सदस्यमा सुनिल कुमार चौधरी र सीताराम चौधरी निर्वाचित भएका हुन् ।



