देशबागमती प्रदेशमकवानपुरमा सवारी दुर्घटनामा दुईको मृत्यु

मकवानपुरमा सवारी दुर्घटनामा दुईको मृत्यु

मकवानपुर — हेटौंडा–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा–९ का ५५ वर्षीय ईश्वर तामाङ र २६ वर्षीया अमिना तामाङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार साँझ विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल र हेटौंडातर्फ आउँदै गरेको बुलेट आपसमा ठोक्किएको हो । घाइते दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img