पाेखरा । आगलागीका कारण गाेरखामा एक युवतीकाे जलेर मृत्यु भएकाे छ ।
गोर्खाको चुमनुब्री गाउँपालिका- ५ बिहीकी २१ वर्षीया ओरगेन छोडेनकाे मृत्यु भएकाे हाे । खाना पकाउने क्रममा घरमा आगाे लागेकाे र त्यसबाट जलेर छोडेन गम्भीर घाइते भएकी थिइन् ।
उनलाई हेलिकप्टरबाट उपचारका लागि किर्तिपुर लगिएकाे तर, उपचारकै क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
मेसिनमा प्रयाेग गर्न राखिएकाे पेट्राेलमा आगाे सल्किएर आगलागी भएकाे थियाे ।



