देशतीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशका विभिन्न स्थानहरुमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यी प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउनु पनि महाशाखाले अनुरोध गरेको छ।

वर्षा नभएका क्षेत्रहरूमा तापक्रम बढ्ने महाशाखाको भनाइ छ। हाल प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी प्रणाली सक्रिय रहेको छ। आज बिहान प्रदेश १, मधेश तथा बागमती प्रदेश का केही चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img