अर्थ व्यापारतोलामा ५ सयले बढ्यो सुनको मूल्य

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

३ असार, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

शुक्रबारका लागि छापावल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार ९७ हजार ३ सय रुपैयाँमा तेजावी र ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ तोकिएको छ । बिहीबार १२ सय ६५ रुपैयाँ तोलामा चाँदी खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img