देशबालेनले लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

बालेनले लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने

शनिबार पनि कर कार्यालय खोल्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय लोक्कल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने बताएका छन् ।

आइतबार ११ औं नगरसभामार्फत आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले यस्तो बताएका हुन् ।

काठमाडौं महानगरपालिकाको सांस्कृति तथा ऐतिहासिक सहरमा स्थानीय नेवार समुदायले उत्पादन गर्ने पेय पदार्थ (रक्सि)लाई अन्तर्राष्ट्रिय बजारमा समेत पु¥याउन ब्रान्डिङ गर्ने उनले बताएका हुन् ।

शनिबार पनि कर कार्यालय खोल्ने
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार पनि कर कार्यालय खुल्ला राख्ने व्यवस्था मिलाइने बताएका छन् ।

आइतबार महानगरको नगर सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका शाहले महानगरभित्रका करदाताहरूलाई सरल, सहज र सुविधासम्पन्न कर भुक्तानीको व्यबस्था गर्दै सार्वजनिक विदाको दिन शनिबार पनि कर कार्यालय खुल्ला रहने व्यवस्था मिलाउने बताए ।

हाल भुक्तानीका लागि महानगरले अवलम्वन गर्दै आएको विद्युतीय भुक्तानीका प्रणालीहरूलाई समेत थप सहज र व्यवस्थित गराइने मेयर शाहले बताए । करको दरलाई थप गरिने भन्दा पनि व्यवस्थित गर्न वैज्ञानिक कर नीति लागू गर्दै करका क्षेत्र विस्तार गरिने उनले बताए

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img