अर्थ व्यापारपेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेल प्रतिलिटर १९२ पुग्यो

पेट्रोल प्रतिलिटर १९९ र डिजेल–मट्टितेल प्रतिलिटर १९२ पुग्यो

काठमाडौं : निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले गरेको मुल्यवृद्धिअनुसार पेट्रोल प्रतिलिटर रु १९९ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर रु १९२ पुगेको छ ।

निगमले आइतबार राती एक विज्ञप्ति जारी गरी पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा रु २१ ले वृद्धि गरी प्रतिलिटर रु १९९ सय रुपैयाँ तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा रु २७ ले वृद्धि गरी प्रतिलिटर रु १९२ रुपैयाँ कायम गरिएको जनाएको छ ।

त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ र हवाई इन्धन (बाह्य) तर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर अमेरिकी डलर १,६४५ कायम गरिएको जनाएको छ । निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img