देशकोशी प्रदेशसुनसरीको बराहक्षेत्र र मोरङको बेलबरीको घटनामा दुई जनाको मृत्यु

सुनसरीको बराहक्षेत्र र मोरङको बेलबरीको घटनामा दुई जनाको मृत्यु

सुनसरी / प्रदेश १ को छुट्टाछुट्टैमा सुनसरीको बराहक्षेत्रमा बाढीले अटो बगाउँदा एक जनाको मृत्यु र मोरङको बेलबारीमा बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-१ को बाघ खोलाले आईतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाउँदा टेम्पोमा सवार बराहक्षेत्र नगरपालिका-१ की १७ बर्षीया स्टिफिना राई र चालक धरान-१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए ।

ईलाका प्रहरी कार्यालय चतराबाट प्रहरी टोली खटि टोलीले खोजतलास गर्ने क्रममा चालकलाई सामान्य घाईते अवस्थामा उद्धार गरेको तथा स्टिफिना राईलाई मृत अवस्थामा फेला पारेको थियो ।

घाईते चालकलाई उपचारको लागी धरान पठाएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

त्यस्तै, मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् ।

गम्भिर घाइते भएका कुसुमलाललाई उपचारको लागी विराटनगरमा स्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल पछाडी सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ । को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउसो सवा १२ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।- साङ्केतिक तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img