देशभोलि नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने

भोलि नयाँ पार्टी घोषणा गर्दै रवि लामिछाने

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन् ।

भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् ।

उनी कांग्रेस, राप्रपा लगायतका पार्टीसँग सम्पर्कमा थिए । तर, पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन् ।

संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ । रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् । रविले पार्टी निर्माणको तयारी गरेको दाजु हरिशरण लामिछानेले नेपाल प्रेसलाई जानकारी दिए ।

हरिशरण स्वयम्ले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनले भाइलाई पार्टी निर्माण साथ दिन आफू तयार रहे पनि रविले अहिले सहकार्य नगर्ने मनसाय राखेको उनले बताए ।

रविनिकट अर्को स्रोतले पनि उनले नयाँ पार्टी घोषणा गर्न लागेको पुष्टि गरेको छ ।

सबै कुरा गोप्य, कार्यालय बालाजुमा
रविको टिमले भने भोलिसम्म सबै कुरा गोप्य राख्न चाहेको छ । उनको पार्टीको नाम पनि फाइनल भइसकेको बुझिएको छ, जुन भोलिको कार्यक्रममा घोषणा गरिने छ । पार्टीको मुख्य नेतृत्वमा रवि रहनेछन् भने अन्य पदाधिकारीहरूको विषयमा कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img