मनोरञ्जन"जति सक्छस् लुट तैलाइ मात्र छुट" गीत सार्वजनिक (भिडियो )

“जति सक्छस् लुट तैलाइ मात्र छुट” गीत सार्वजनिक (भिडियो )

काठमाडौं: सुदुर पश्चिम बैतडी जिल्ला सिगाश गाउँपालिका घर भइ हाल काठमाडौं बस्दै आएका महेन्द्र बोहराको भ्रष्टाचार विरुद्ध ब्याङ्ग्यात्मक “जति सक्छस् लुट तैलाइ मात्र छुट” बोल नामक गीत सार्वजनिक भएको छ ।

उक्त गीतलाई उत्पादक/बितरक महेन्द्र म्युजिक प्रा.लि गरेको छ । सोही गीतलाई श्रीजना महेन्द्र बोहराले गरेका हुन भने स्वर/लय/शब्द/ निर्देशन का साथसाथै आफुले पनि स्वयम् अभिनय गरेका छन् सोही गीतमा अभिनय गरेर साथ दिएका छन् बिमल खड्का र मनोज घिमिरेले भने छायांकन सन्तोष सुवेदीले गरेका हुन भने सम्पादन दीपक जोसिले गरेका छन् ।

यो गीतले एउटा भ्रष्टाचार विरुद्धको अवाज उठाइ रहेको महेन्द्र बोहोरा बताउछन् । उनि भन्छन “अघिल्लो निर्वाचन २०७४को चुनावमा जनताहरुलाई झुठो आश्वासन दिएर काठमाडौंको सिंहदरवारलाई गाउँगाउँमा पुर्याउछौ भनेर जनतालाई खुसी पार्दै आफू सत्ता र सक्तिमा पुगे र जनताले यहीँ दलका नेताहरुलाई जिताएर सत्ता र सक्तिमा पुर्याए तर जनताका समस्या कसले कहाँ कति समाधान गरेत? जनताले के कति सुविधा पाएत? जनाताले चाहेको स्वास्थ शिक्षा र रोजगार खैत पाएको ? भनेर उक्त गीतकथामा प्रष्ट पारिएको छ र हामी नेपाली जनताले कहिले सम्म बिदेशी को दासी भएर बस्नु पर्ने हामी नेपाली जनताले चाहेको सुखी र समृद्धि नेपाल कहिले सम्म बन्ने हो र हाम्रो देशको कानुनको नियम नीति कहिले सम्म खरिद र बिक्री हुने होर आज ३०/३२ सौ बर्ष भयो हामी नेपाली जनतालाई ठग्दै आएको र आज हुँदा हुँदा देश बिपरित राष्ट्र घाती एमसीसी लाई पनि पास गरे हजारौं जनताहरु एमसीसी विरुद्ध सडकमा आन्दोलन गर्दा पनि हामी आम नेपाली नागरिकहरुले भनेको कुराहरु सुनेन र २८/२९ बर्ष भयो मदन भण्डारीको ह’त्या भएको २२/२३ बर्ष भयो स्वर्गीय राजा बिरेन्द्र हत्या भएको र ६/७ बर्ष भयो निर्मला पन्तको बलात्कार पछि हत्या भएको र निर्मला पन्त जस्ता हजारौं छोरी दिदिबहिनीहरुको हत्यारालाई अहिले किन पावर र पौहुचका भरमा लुकाएर राखेका छन् कोभिड्को बेला राहत बाड्दा जेलमा हाल्ने र कयौ नेपाली जन्ताहरु भोकभोकै मर्नुपर्ने र एउटा कलाकारहरुले गीत गाउँदा किन धम्की दिन्छन् भन्ने जस्ता कुराहरूको उक्त गीतमा समाबेश गरिएको छ ।”

उनि भन्छन “अब आउदो चुनावमा हामी आम नेपालीनागरिकहरुले सचेत बन्नुपर्छ भन्ने सन्देश दिएको छ” ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img