देशकोशी प्रदेशम सँग लामो कुराकानी गर्न चाहने खोलाखोली आउनु, सँगै गिट्टी कुट्नुपर्छ :...

म सँग लामो कुराकानी गर्न चाहने खोलाखोली आउनु, सँगै गिट्टी कुट्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पछिल्लो समय धराने जनतलाई पानी खुवाउने कसरतमा लागि परेका छन्।

उनी खोलामा सहयोगीसँग जान्छन् र आफ्नै ढुंगा बोक्ने लगायतका काममा जुट्छन्।

खोलामा सहयोगको लागि जाँदा उनीमाथि विभिन्न लान्छाना पनि लाग्ने गरेको छ। महत्वपूर्ण काम छाडेर उनी त्यहाँ जान नहुने केही मानिसहरुको तर्क छ।

यद्यपी हालै उनले सामाजिक संजालमा आफूलाई भेट्ने भए खोलाखोली आउनु भनेका छन्। आफू जनताको सेवामा व्यस्त हुने उतको भनाइ छ।

उनले भनेका छन्,‘म सङ्ग लामो कुराकानी गर्न चाहनेले शनिबार खोलाखोली तिर आएर भेट्नु तर गिट्टि कुट्न लगाएँ भने अन्यथा नमान्नु होला, यो बानि खत्तम छ मेरो, जत्रै ठुलोलाई पनि म माटो छुन लाउँछु।’

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img