स्वास्थ्यभोजपुर जिल्ला अस्पतालको समाधानको लागि बुझायो युवा संघले ध्यानाकर्षण पत्र

भोजपुर जिल्ला अस्पतालको समाधानको लागि बुझायो युवा संघले ध्यानाकर्षण पत्र

भोजपुर ।भोजपुर जिल्ला अस्पतालको समाधानको लागि युवा संघले ध्यानाकर्षण पत्र बुझाएको छ ।

भोजपुरको सदरमुकाममा रहेको जिल्ला अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुदा अस्पतालले दिने सेवानै प्रभावित भएकोले यसको ब्यवस्थापनको माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जिल्ला कमिटि भोजपुरले जिल्ला समन्वय समिती भोजपुर कमल थुलुङ र प्रमुख जिल्ला अधिकारि हरि प्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको हो  ।

उक्त पत्रमा दरबन्दी अनुसार डाक्टरको ब्यवस्था गरिनुपर्ने ,पचास सैया अस्पतालको लागि ब्यवस्था गरिनुपर्ने अस्पतालको सरसफाइमा ध्यान दिनुपर्ने र मुस्कानसहितको सेवा दिनु पर्ने रहेको छ । सामान्य उपचारका लागि समेत जिल्ला अस्पतालले रेफर गर्ने गरेको र आर्थिक हिसाबले कमजोर भएका ब्यक्तिहरुले अन्यत्र जानू पर्ने बाध्यताको समधानको लागि भोजपुर वासिन्दाले बाच्न पाउने र स्वास्थ सेवा ग्यारेन्टी गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img