देशबागमती प्रदेशमकवानपुरमा सवारी दुर्घटना हुदा ३३ जना घाइते

मकवानपुरमा सवारी दुर्घटना हुदा ३३ जना घाइते

मकवानपुर: मकवानपुरमा सवारी दुर्घटना हुदा ३३ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा एक स्कुल बससहित ४ वटा सवारी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २५ जना विद्यार्थीसहित ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

तिव्र गतिमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ६२४४ नम्बरको ट्रकले विपरित दिशाबाट हेटौंडातर्फ आउँदै गरेको स्थानीय रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार उक्त ट्रकले त्यसपछि पुनः हेटौंडाबाट पथलैया जाँदै गरेको लु १ ख ४३७० नम्बरको ट्यांकरलाई ठक्कर दिँदा ट्यांकर पल्टिएको र पल्टिएको ट्यांकरले बा ७ च ९४०४ नम्बरको कारलाई थिचेको थियो । त्यसपछि ट्रकले पुनः रोकिरहेको प्रदेश २–०३–००१ ख २५०६ नम्बरको लहरी ट्रकलाई पनि ठक्कर दिएको उनले बताए ।

दुर्घटनामा घाइते भएकाहरुको स्थानीय हेटौंडा अस्पताल र हेटौंडा–११ को चुरेहिल अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img