सुनसरी / पाँचथरको फिदिममा रक्तचाप घट्दा एक जना १९ वर्षीया सुत्केरीको मृत्यु भएको छ ।
फिदिम नगरपालिका- ६ की सिवाकी १९ वर्षीया करिना फागो (तुम्रोक)को उपचारका लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।हिजो आइतबार राति फिदिमा रहेको गणेशमान सिंह सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।
सामान्य स्वास्थ्य अवस्था रहेकी उनको आइतबार राति साढे २ बजे मृत्यु भएको हो ।तुम्रोकले शनिबार बिहान ८ बजे बच्चा जन्माइएकी थिइन् । शनिबार दिनभर सामान्य अवस्थामा रहेकी तुम्रोकको राति रगतको मात्रा कम देखिएको थियोे । उनको शरीरमा रगत चढाएपछि रक्तचाप कम भई स्वास्थ्य अवस्था जटिल भएको र सुविधासम्पन्न अस्पतालमा सिफारिस गर्न लाग्दा मृत्यु भएको हो ।
उनका आफन्तले मृत्युको कारणबारे असन्तुष्टि जनाएपछि जिल्ला प्रशासन कार्यालयमा दिनभर छलफल चलेको थियो । तुम्रोकलाई गत असार २८ गते स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल गएको तथा परीक्षणपछि चिकित्सकले बच्चा सानो भएकाले सुत्केरी गराउन सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको जिल्ला अस्पतालले जनाएको छ ।




