शिक्षाकोरोनाका कारण एक साताका लागि विद्यालय बन्द

कोरोनाका कारण एक साताका लागि विद्यालय बन्द

काठमाडौं : कोरोनाका कारण एक साताका लागि विद्यालय बन्द भएको छ ।

शिक्षक तथा विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका सबै विद्यालय एक साताका लागि बन्द गरिएको जनाएको हो ।

अधिकांश शिक्षकसहित विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि २ निजीसहित २३ विद्यालय सोमबारदेखि बन्द गरिएको गाउँपालिका अध्यक्ष यादव बहादुर खापुङले थाहाखबरलाई जानकारी दिए।

उनका अनुसार परीक्षण गरिएका अधिकांशमा कोरोना भाइरस पुष्टि भएको छ। तीव्र रुपमा संक्रमण फैलिएकाले बाध्य भएर विद्यालय बन्द गर्नुपरेको अध्यक्ष खापुङले बताए।

सुरुमा ४ दिनसम्म बिदा दिइएको र त्यसपछिका तीन दिन सार्वजनिक बिदा भएकाले एक सातासम्म विद्यालय बन्द रहनेछ। आगामी आइतबारबाट विद्यालय नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img