धर्म/संस्कृतिनेपालमै पहिलो द्वारकाधाम निर्माण हुने, २० करोड खर्च लाग्ने अनुमान

नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने, २० करोड खर्च लाग्ने अनुमान

काठमाडाैँ । नेपालमै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको हो ।

भारतको चारधाम: उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले राससलाई जानकारी दिनुभयो । हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् ।

नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा निर्माण हुन लागेको द्वारकाधामका लागि करिब आठ रोपनी जग्गा अर्जुन बस्नेतलगायतले उपलब्ध गराउनुभएको र यसका लागि रु २० करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

मन्दिर स्थानीय, प्रदेश र सङ्घीय, सरकार तथा विभिन्न दाताको सहयोगमा गरिने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img