देशकोशी प्रदेशरुखले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

रुखले किच्दा एक जनाको घटनास्थलमै मृत्यु

धनकुटाको छरथर जोरपाटी गाउँपालिका रुखले किच्दा सोही गाउँपालिका परेबादिनका २८ बर्षिय मनकुमार राईको मृत्यु भएको हो ।

आज दिउँसो करिब एक बजे तिर उतिसको रुख काट्ने क्रममा उक्त रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी प्रभक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

“उनिसङ्ग अन्य ब्याक्ती पनि गएका थिए ,तर,उनिहरु जोगिएछन” डिएसपी दाहालले भने । धटनाको जानकारी भए पछि जिल्ला प्रहरी कार्यलय र सिधुवा प्रहरी चौकिबाट प्रहरी टोलि घटनास्थल गएको छ । आवश्यक प्रक्रिया पुरागरी शबलाई जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img