राजनीतिपर्यटन मन्त्रीलाई 'लाइन बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ

पर्यटन मन्त्रीलाई ‘लाइन बस्नुस्’ भन्ने सुरक्षागार्ड पक्राउ

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन मिच्न नदिने सुरक्षाकर्मी पक्राउ परेका छन् ।

भिसाका लागि गत शुक्रबार काठमाडौंको ठमेलस्थित छायाँसेन्टर पुग्नुभएका मन्त्री श्रेष्ठलाई लाइन नमिचिदिन अनुरोध गर्दा सुरक्षाकर्मी शेरजंग गुरुङ पक्राउ परेका हुन् , गुरुङको सोही व्यवहारका कारण उनलाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंलव जनाएको छ ।

मन्त्री श्रेष्ठ पहिलेनै खबर गरेर छायाँसेन्टर पुगेको उहाँको सचिवालयले जनाएको छ । गुरुङलाई अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी भइरहेको बुझिएको छ । यता सो प्रकरणमा संलग्न भनिएका सुरक्षाकर्मी गुरुङले आफूहरुलाई धकेलेको मन्त्री श्रेष्ठले दाबी गर्नुभएको छ ।

सुरक्षाकर्मीलाई पक्राउ गरेसगैँ मन्त्री श्रेष्ठको भने सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img