सुनसरी /धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो फाइट काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र साहसँग नभएको सामाजिक सञ्चाल फेसबुकबाट बताएका छन् ।
केहि दिन यता साम्पाङले लगातार साहमाथि स्टाटस लेखि अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक सञ्चालमा उनको विरोध भइरहेको थियो ।
सोमबार बेलुका उनले आफ्नो सामाजिक सञ्चाल फेसबुकमा खोल ओडेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन् । फेसबुकमा साम्पाङले भनेका छन्, मेरो फाइट बालेन जी सँग होइन ! झोलेहरूसँग हो खासमा, जो खोल ओडेर आइरहेका छन् ।



