समाजहर्क साम्पाङ्गले निर्वाचनमा जनतामाझ गरेकाे वाचा पूरा गरे

हर्क साम्पाङ्गले निर्वाचनमा जनतामाझ गरेकाे वाचा पूरा गरे

काठमाडौं : धरानका मेयर हर्क साम्पाङ्गले निर्वाचनमा जनतामाझ आफूले गरेकाे वाचा पूरा गरेका छन्।

धरानमा लामो समयदेखि अभाव हुँदै आएकाे खानेपानी उनले आपूर्ति गराएका छन्।

आज धरानकाे बजारमा खानेपानी ल्याएपछि उनले खुशी व्यक्त गरेका छन् भने स्थानीयहरु पनि निकै हर्षित भएका छन्। सर्दु, खर्दु निशाने मुहानकाे खानेपानी शहरमा आएपछि धरानमा सबै मिलेर खुशी मनाएका हुन्।

फेसबुकमार्फत खुशी साट्दै साम्पाङ्गले लेखेका छन्, ‘आज अत्यन्तै खुशी छु म ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुर्‍याएका छौँ ! सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद ! हामी जुट्नेछौँ ! यो देश माथि उठाउन हामी जुट्नेछौँ !’

उनले शहरमा पानि ल्याएर सबै मिली रमाइलाे साटासाट गरेको भिडियाेसमेत फेसबुकमा पोष्ट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img