देशबागमती प्रदेशमनोरञ्‍जन करबापत् ५ वटा क्यासिनोबाट महानगरले उठायो ६६ लाख

मनोरञ्‍जन करबापत् ५ वटा क्यासिनोबाट महानगरले उठायो ६६ लाख

काठमाडौँ — काठमाडौंका ५ वटा क्यासिनोले महानगरपालिकालाई मनोरञ्जन कर बुझाएका छन् । तिनले मनोरञ्जन करबापत ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँ बुझाएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यस्तै, काठमाडौं फन पार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको छ ।

फन पार्क र क्यासिनोले मनोरञ्जन कर बापत् ८४ लाख ३४ हजार ९ सय ३९ रुपैयाँ बुझाएको महानगरपालिकाले जनाएको छ ।

यस्तै, म्यारिटको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, होटल अन्नपूर्णको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार, हायाताको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रीएसनले ९ लाख ८९ हजार, सोल्टीको माजोङ इन्टरटेनमेन्टले ९ लाख ९३ हजार र मल्ल होटलको बेलीन क्यासिनोले १३ लाख ८८ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महानगरपालिकाले ती क्यासिनोलाई भदौ १९ गते मनोरञ्जन कर बुझाउन भन्दै पत्राचार गरेर एक हप्ताको अल्टिमेटम दिएको थियो ।

र्‍याडिसन होटलको क्यासिनो र्‍याट र याक एन्ड यतीको रोयल क्यासिनो हाल सञ्चालनमा नरहेकाले कर नबुझाएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img