सुनसरी / झापाको दमक नगरपालिका – ३ बेलडाँगीका ४४ वर्षीय एलबी भन्ने लालबहादुर गुरुङको बीभत्स ह´त्या गरेको आरोपमा नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलामको चुलाचुली गाउँपालिका- ५ पकुवास्थितमा ह´त्या गरेको आरोपमा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
गत बुधबार बेलुका ५ बजे अपरिचित ब्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर बस्ने गुरुङलाई दमक र चुलाचुलीको सिमाना पर्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरीरको विभिन्न भागमा काटेर ह´त्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चुलाचुली- ४ इलामका २५ वर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ वर्षीय झ्याम्ले भन्ने नरेशकुमार याखा, २१ वर्षीय अभिषेक केरुङ, २० वर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ वर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ वर्षीय डम्बर यवा, ३० वर्षीय टीका भन्ने नरेन्द्र तुम्रोक, २६ वर्षीय विक्रम हिङमाङ र २९ वर्षीय पर्शु राई रहेकालाई प्रकाउ गरि प्रहरी सार्वजनिक गरेको हो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घट्ना भएको तीन् दिन अगाडि मृतक गुरुङले घट्नामा संलग्न टीका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने सम्मको योजना बनाएको खुल्न आएको छ ।
घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।



