सुनसरी \ देवानगञ्ज गाउँपालिकामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिकामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका ३५ वर्षीय रामचन्द्र दासको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकल आफैँ अनियन्त्रित भएको थियो । उपचारको क्रममा उनको गोल्डेन हस्पिटल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकलमा पछाडि सवार दास गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अनन्दी दास सामान्य घाइते भएका छन् । उनी प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



