सुनसरी / भोजपुर प्रदेश १ को पहाडी क्षेत्र हो। यो क्षेत्र पर्यटन, धार्मिक, सांस्कृतिक, भौगोलिक, सामाजिक र भोजपुरी खुकुरीको पहिचानका लागि परिचित छ।
भोजपुर जिल्ला भौगोलिक विविधताले भरिपूर्ण उर्वर भूमि हो संखुवासभा, धनकुटा, उदयपुर, खोटाङ र सोलुखुम्बु जिल्ला यसका छिमेकी जिल्ला हुन् । ब्राह्मण, क्षेत्री, राई, मगर, नेवार, शेर्पा आदि विभिन्न जातजातिको बसोबास रहेको यस जिल्लामा नेपाली र राईजस्ता प्रमुख भाषा बोल्ने गरिन्छ ।

भोजपुर बजार यसको प्रशासनिक केन्द्र हो। दिङलाबजार, घोरेटार, टक्सारबजार, चौकीडाँडा, कुलुङ, दावान, चाङ्ग्रे, मानेडाँडा, पाउलीबजार लगायतका प्रमुख स्थान छन् । पछिल्लो समय यहाँ यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी सेवा पुगेको छ ।
अर्कोतर्फ, धनकुटा प्रदेश १ को पहाडी जिल्ला पनि हो। यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो। यस जिल्लाको पूर्वमा तेह्रथुम र पाँचथर जिल्ला, पश्चिममा भोजपुर र उदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङ र सुनसरी जिल्लाहरू पर्दछन् । यहाँ पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र, भौगोलिक क्षेत्र छन् ।

यसरी चारैतिरबाट जिल्लाले घेरिएको भए पनि माथिका जिल्लाहरूसँगको धनकुटा जिल्लाको सिमाना विभिन्न खोला र खोलाले छुट्याएको छ । ८९१ वर्ग किलोमिटर वर्ग किमी र मुख्य जातिहरू राई, बाहुन, लिम्बु क्षेत्री, नेवार, मगर, शेर्पा, तामाङ आदि हुन् र मुख्य भाषाहरू बान्टवा, लिम्बु, नेपाली आदि हुन्।
यी दुवै जिल्ला पर्यटकीय स्थलका लागि प्रसिद्ध छन् । यी तस्विरहरु भोजपुर, धनकुटा, उदयपुरका पहाडी क्षेत्रका हुन् ।




