Tuesday, June 24, 2025
समाजकरेन्ट लागेर एकको मृत्यु, एक घाइते

करेन्ट लागेर एकको मृत्यु, एक घाइते

spot_img

मोरङको कटहरी गाउँपालिका–४ मा हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

कटहरी–४ का ५२ वर्षीय दीलिप साहको हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। दुर्गा मन्दिरमा लगाएको टेन्ट खोल्ने क्रममा साहलाई करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते अवस्थामा उपचारका लागि कोसी अस्पताल ल्याइएका उनलाई चिकित्सकले मृत घोषित गरे।

करेन्ट लागेर छटपटाइरहेको देखेपछि साहलाई उद्दार गर्न गएका सुनसरीको इनरुवा नगरपालिका–७ का ४५ वर्षीय फागु सरदार गम्भीर घाइते भएका छन्।

रंगेलीबाट मोटरसाइकलमा विराटनगरतर्फ आउँदै गरेका सरदारले करेन्ट लागेर साह छटपटाइरहेको देखे पछि साहकाे उद्दार गर्न खोज्दा उनलाई पनि करेन्ट लागेकाे हाे। उनकाे अवस्था चिन्ताजनक रहेकाे प्रहरीले जनाएको छ। हाल उनकाे कोसी अस्पतालमै उपचार भइरहेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img