सुनसरी / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ८ दोर्पामा अंरिगाललको टोबाइबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा दिक्तेल चिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको हो । हिँडिरहेका वेला शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिंगाललेटोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो ।
उनीसँगै हिँड्दै गरेका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन् । घाइते दुवैको उपचार जिल्ला अस्पताल खोटाङमा भइरहेको जिल्ला प्रहरीले दिक्तलले जनाएको छ ।
उनको शरीर सामान्य मानिसको भन्दा अस्वभाविक बढी मोटो थियो । शरीर मोटो भएकै कारण भाग्न नसक्दा अरिंगालको टोकाइबाट उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दा बताए। मृतक परियार मावलीघर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ३ बाम्राङ बस्दै आएका थिए ।