अर्थ व्यापारडिजेल प्रति लिटर रु. १५.६० बढेर आयो, पेट्रोलमा कति?

डिजेल प्रति लिटर रु. १५.६० बढेर आयो, पेट्रोलमा कति?

काठमाडौं- इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ ।

नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो ।

यसले डिजेलमा रु. ६.३४ प्रति लिटर घाटा (रु. १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा (रु. ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु. ३९ करोड नाफा हुने निगमको प्रक्षेपण छ ।

निगमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको छ ।

निगमको हाललाई पेट्रोलियम पदार्थको सालिकको खुद्रा बिक्री मूल्य यथावत राखेको पनि जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img