राजनीतिआफै रिक्सा चलाएर जनताको घरदैलोमा भोट माग्दै रेखा

आफै रिक्सा चलाएर जनताको घरदैलोमा भोट माग्दै रेखा

मोरङ – मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाको सदस्य तर्फकी राप्रपा उम्मेदवार रेखा थापाले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन् । थापाले तेस्रो दिनको घरदैलो कार्यक्रम श्रमिकहरूसँग मत माग्दै सम्पन्न गरेकी छन् ।

बेलबारी नगरपालिकाको वडा नम्बर ११ मा भएको घरदैलो कार्यक्रममा रेखाले रिक्सा चलाउँदै नागरिकसँग मत मागेकी छन् । दैनिक गुजार चलाउने ईरिक्सा चालक श्रमिकहरूसँग आत्मीयता कायम गर्न उनले रिक्सा चलाउँदै मतदातासँग मत माग्न पुगेकी हुन् ।

त्यस्तै रेखाले बेलबारी वडा नम्बर ११ मा क्याराम बोर्ड खेल्दै गरेका युवाहरूसँग समेत क्याराम बोर्ड खेल्दै मत मागेकी छन् । घरदैलोका क्रममा रेखाका विभिन्न गतिविधिले मतदाता झनै आकर्षित भएको देखिन्छ । उनको चन्चले स्वभावका कारण घरदैलोका क्रममा यस्तो दृश्यहरु देखिने गर्छ ।

घरदैलोमा थापाले विभिन्न स्थानमा पुगेर आफ्नो कुरा मतदातालाई सुनाएर हिँड्ने पुरानो प्रवृत्तिलाई तोड्दै मतदातासँग दोहोरो संवाद गर्ने गरेको देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img