अर्थ व्यापारडिजेल प्रति लिटर रु. १५.६० बढेर आयो, पेट्रोलमा कति?

डिजेल प्रति लिटर रु. १५.६० बढेर आयो, पेट्रोलमा कति?

Advertisement spot_img

काठमाडौं- इण्डियन आयल कर्पोरेशन लिमिटेडले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ ।

नेपाल आयल निगमका अनुसार डिजेल र हवाई इन्धनको मूल्यमा अत्यधिक बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा रु.१.७४ प्रति लिटर, डिजेलमा रु. १५.६० प्रति लिटर र हवाई इन्धनमा रु. १०.२५ प्रति लिटरले बढेर आएको हो ।

यसले डिजेलमा रु. ६.३४ प्रति लिटर घाटा (रु. १८.५१ करोड घाटा) र एल.पी.ग्यासमा रु. ३२५.४४ प्रति सिलिण्डर घाटा (रु. ३७.६० करोड घाटा) भई पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करीब रु. ३९ करोड नाफा हुने निगमको प्रक्षेपण छ ।

निगमका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्ने क्रममा रहेको तथा अमेरिकी डलरसँग नेपाली मुद्राको विनियम दर कमजोर हुँदै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवं आन्तरिक ऋणको व्यवस्थापन गर्न निगमलाई अझैपनि चुनौतिपूर्ण अवस्था रहेको छ ।

निगमको हाललाई पेट्रोलियम पदार्थको सालिकको खुद्रा बिक्री मूल्य यथावत राखेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

सुनसरी / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन्...
सुनसरी / ताप्लेजुङमा सामान्य वर्षासँगै जिल्लाका उच्च क्षेत्रमा हिमपात सुरु भएको छ । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा सामान्य हिमपात सुरु भएको छ...
भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले जिल्ला कारागार भोजपुरलाई स्मार्ट टिभि हस्तान्तरण गरेको छ ।आज एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र जिल्ला...