सुनसरी / झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमतीलाई करूवाले टाउकोमा प्रहार गरी ह’त्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
आज बिहिबार बुद्धशान्ति गाउँपालिका- १ बुधबारे बजारमा २६ वर्षीया सपना गोरडलाई ३२ वर्षीय रघुनाथ मारुती गोरडले करूवाले प्रहार गर्दा ह’त्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधबारे बजारमा सुन पसल संचालन गरेर बस्ने रघुनाथ भारतीय नागरिक हुन् । सामान्य वादविवाद कारण रघुनाथले पानी खाने करुवाले टाउकोमा प्रहार गर्दा सपनाको घटनास्थलमै मृत्यु हो । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



