देशलुम्बिनी प्रदेशरुपन्देहीको मोतीपुरमा गो'ली चल्यो, कम्तीमा पाँच जना घा'इते

रुपन्देहीको मोतीपुरमा गो’ली चल्यो, कम्तीमा पाँच जना घा’इते

spot_img

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका मानिसहरूलाई हटाउन खोज्दा आइतबार दिउँसो गो’ली चलेको छ।

प्रहरीको गो’ली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन्। केही समयदेखि मोतीपुर औद्योगिक क्षेत्रमा विभिन्न जिल्लाका मानिसहरू आएर बसिरहेका छन्। आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा झ’डप भएको थियो। औद्योगिक क्षेत्रमा आएर बसेकाहरूलाई प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि ढुं’गामुढा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

‘प्रहरीले अश्रुग्यास र ह’वाई फा’यर गरेको छ। घ’टनाको विस्तृत विवरण आइसकेको छैन,’ प्रजिअ तिवारीले भने,‘ अहिले अवस्था नियन्त्रणमै छ।’औद्योगिक क्षेत्रमा रहेकाहरूले भने प्रहरीले बल प्रयोग गर्दा झडपको स्थिति आएको र प्रहरीको गोली लागेर कम्तीमा पाँच जना घा’इते भएको बताएका छन्।

घा’इतेहरूलाई उ’पचारका लागि अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img